Posts

Showing posts from December, 2023

UNIT 2: घर झगडा

शब्दभण्डार : Shabdabhandar १. शब्दकोश प्रयोग गरी दिइएका शब्दको अर्थ लेख्नुहोस् : पाताल - पृथ्वीका तलतिर रहने सात लोकमध्ये सबैभन्दा तल्लो लोक टीका - निधारमा लगाइने चन्दन अतीत - बितेको समय किल्ला - प्रतिरक्षाका लागि चारैतिरबाट घेरिएको सुरक्षित ठाउँ घनघोर - डरलाग्दो शपथ - कुनै काम हो होइन भनी गर्ने वचनबद्धता अवतार - जन्म लिने काम राँको - आगोको मुस्लो हालत - अवस्था २. 'घरझगडा' कथामा प्रयोग भएका निम्नलिखित टुक्कालाई अर्थ खुल्ने गरी वाक्यमा प्रयोग गर्नुहोस् : कानमा तेल हाल्नु - पढ्ने बेला कृष्ण कानमा तेल हालेर बस्यो अनि परीक्षामा फेल भयो । आँखामा बिझाउनु - खराब काम गर्नेहरू मेरो आँखामा बिझाउँछन् । कम्मर कस्नु - रियान्स कम्मर कसेर पढेकोले नै परीक्षामा प्रथम भयो। आगो खेलाउनु - फटाहा श्यामलाई सम्झाउनु आगो खेलाउनु जस्तै हो । वाल्ल पर्नु - राम्री केटी देख्यो कि केटाहरू वाल्ल परेर हेर्छन् । तेल घस्नु - जति तेल घसे पनि प्रेरणाले तिमीलाई वास्ता गर्दिन । भासमा फस्नु - दुर्व्यसनीको भासमा फसेपछि उम्कन गाह्रो हुने रहेछ । चोचोमोचो मिलाउनु - राम त श्यामको कुराम...

UNIT 3: चिकित्सा विज्ञान र आयुर्वेदिक चिकित्सा

शब्दभण्डार : Shabdabhandar १. दिइएका अर्थ आउने शब्द 'चिकित्सा विज्ञान र आयुर्वेद चिकित्सा' निबन्धबाट खोजेर लेख्नुहोस् : (क) स्नायुसम्बन्धी रोग : पक्षाघात (ख) बात, पित्त र कफसम्बन्धी दोष : त्रिदोष (ग) चिरफारका पद्धतिले गरिने रोगको उपचार : शल्यक्रिया (घ) हानि वा घात पुऱ्याउने : घातक (ङ) प्रतिरोधका लागि तयार पारिएको : प्रतिरोधात्मक २. दिइएका शब्द र तिनका अर्थबिच जोडा मिलाउनुहोस् : शब्द अर्थ प्रादुर्भाव - कुनै वस्तु वा विषयको उत्पत्ति वा उद्भव अत्युक्ति - बढाइचढाइ गरिने वर्णन वा कथन अद्यावधिक - आजसम्मको अवस्था, विगतदेखि हालसम्म त्रिदोष - शरीरमा हुने बात, पित्त र कफको प्रकोपबाट हुने रोग निषेध - प्रतिबन्ध वा रोक लगाउने काम अधीरता - धैर्य नभएको अवस्था, अस्थिर ३. चिकित्सा क्षेत्रमा प्रयोग हुने दिइएका प्राविधिक पारिभाषिक शब्द पढ्नुहोस् र शब्दकोशका सहायताले सहायताले तिनको अर्थ लेख्नुहोस् : आयुर्वेद :- पौर्वात्य दृष्टिकोणबाट पाँचौँ वेद मानिने, रोग पहिचानपछि काष्ठादि, रसादि औषधीको प्रयोग गरेर वा शल्यक्रिया आदिका उपायद्वारा पनि चिकित्सा गरिने प्राचीन चिकित्सा...

UNIT 4: यस्तो कहिल्यै नहोस्

शब्दभण्डार : Shabdabhandar १. दिइएका शब्द र तिनका अर्थबिच जोडा मिलाउनुहोस्: शब्द अर्थ सङ्कट - आपत विपत विलाप - बिलौना लोहोरो - सिलौटामा मसला आदि पिँध्न प्रयोग गरिने फलाम वा ढुङ्गाको लाम्चो वा गोलो उपकरण शङ्का - सन्देह अपरिचित - चिनजान नभएको सातो - होस २. दिइएको अनुच्छेदबाट तीन तीनओटा लघुतावाची र समूहवाची शब्द पहिचान गर्नुहोस् : लघुतावाची शब्द :- सितो, कोसो, थोपो दाना । समूहवाची शब्द :- ताँती, घार, बथान, बथान, घारी । ३. पाँच पाँचओटा लघुतावाची र समूहवाची शब्द पर्ने गरी अनुच्छेद लेख्नुहोस् : वनभोज बिहानै एक टुका स्याउ खाएर म वनभोज गएँ । बाटोमा गाडीहरु ताँती लगाएर हिँडेका थिए । वनभोज स्थलमा मान्छेहरुको भिड थियो । एक हुल मान्छेहरु नाचिरहेका थिए । त्यहाँ बाँदरको बथान पनि थियो । मैले बाँदरलाई एक कोसो केरा दिएँ । साथीले कुकुरलाई एक चोक्टो मासु दियो । त्यहाँ एउटा रुखमा अरिङ्गालको गोलो पनि देख्यौं । मैले त्यहाँ एक त्यान्द्रो साग र एक पित्को अचार पनि खाएँ । ४. दिइएका पद, पदावलीलाई अर्थ खुल्ने गरी वाक्यमा प्रयोग गर्नुहोस् : हरे ! - हरे ! भुकम्पले घर ढलायो । सञ्जाल - साम...

UNIT 5: लक्ष्मीप्रसाद देवकोटा

शब्दभण्डार : Shabdabhandar १. दिइएका शब्द र तिनका अर्थबिच जोडा मिलाउनुहोस् : युगपुरुष - कुनै निश्चित समयसीमाभित्र महान् व्यक्तित्व स्थापित गर्न सफल व्यक्ति नक्षत्र - ज्योतिष शास्त्रअनुसार मानिसका असल खराब अवस्थाका स्थापक जीवन - शरीरमा प्राण रहेसम्मको अवस्था धडाधड - चाँडो चाँडो काम सिध्याउने गरी सरासर, धमाधम म्याट्रिकुलेसन - हालको एसइई सरहको परीक्षा प्रज्वलित - एकदम बलेको, दन्केको परिवेष्टित - चारैतिरबाट घेरिएको २. अनुच्छेदमा रेखाड्कन गरिएका सङ्क्षिप्त शब्दका पूरा रूप लेखी पुनर्लेखन गर्नुहोस् : राष्ट्रिय समाचार समितिका पत्रकार मोहन प्रधानमन्त्रीको अन्तर्वार्ता लिएर घर गए । उनकी श्रीमती रमा जनता माध्यमिक विद्यालयमा प्रधानाध्यापक थिइन् । विद्यालय व्यवस्थापन समितिको बैठक सकेर निस्कँदा उनलाई ढिलो भएछ । बाटामा त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक दावासँग र प्रमुख जिल्ला अधिकारी रमेशसँग रमाको भेट भएछ । उनीहरू एकछिन कुराकानी गरेर आआफ्ना घरतिर लागेछन् । रमा घर पुग्दा पत्रकार मोहन गोरखापत्रमा प्रकाशित समाचार पढेर बसेका रहेछन् । ३. दिइएको अनुच्छेदबाट कुनै तीनओटा सिङ्गो शब्द पहिचान गर...

UNIT 6:अधिकार ठूलो कि कर्तव्य ठूलो

शब्दभण्डार : Shabdabhandar १. दिइएका शब्द र अर्थ बीच जोडा मिलाउनुहोस् : प्रतियोगिता - प्रतिस्पर्धा वा होडबाजी वक्ता - वक्ता बोल्ने व्यक्ति कायापलट - ठूलो परिवर्तन अभिमत - मनको विचार, राय कसी - वस्तुको स्तर निधारण गर्ने साधन कानुन - राज्यमा न्यायिक व्यवस्था कायम राख्न बनाइएको नियमको समष्टि रूप गतिशील नैसर्गिक - स्वाभाविक, प्राकृतिक घोषणापत्र - कुनै पनि संस्था वा व्यक्तिको वचनबद्धता घोषित गर्ने पत्र २. दिइएका शब्द प्रयोग गरी एउटा अनुच्छेद लेख्नुहोस् : हामी नेपाली सबैले आफ्नो कर्तव्यपालन गर्नुपर्छ । हाम्रो संविधानमा पनि नागरिकका कर्तव्य उल्लेख गरिएको छ । वर्तमान संविधान निर्माणको क्रम निकै सङ्घर्षपूर्ण थियो । अब हामी मानव एक अर्काको कल्याणमा लाग्नुपर्छ । देशको प्रजातन्त्र जोगाउनुपर्छ र नागरिकलाई अधिकारले सम्पन्न बनाउनुपर्छ । ३. दिइएको अनुच्छेदबाट श्रुतिसमभिन्नार्थी शब्द खोजेर लेख्नुहोस् : श्रुतिसमभिन्नार्थी शब्दहरु :- दिन - दीन कृति - कीर्ति द्वीप - दीप सित- शीत जुन - जून ४. दिइएका शब्दको अर्थ खुल्ने गरी अलग अलग वाक्यमा प्रयोग गर्नुहोस् : (क) बाजी बाजि - मामाले जुबा...

UNIT 7: शत्रु

शब्दभण्डार : Shabdabhandar १. दिइएका शब्दको अर्थ लेख्नुहोस् : यश - राम्रो काम गर्नेले पाउने इज्जत रैती - अरूको जग्गा कमाउने व्यक्ति अकलुषित - सफा हृदयको भरोसा - आश्रय जमदार - जमादार गर्व - मैं जान्ने सुन्ने हुँ भन्ने घमण्ड झटनी - धान काट्ने काम अप्रिय - मन नपरेको दुगुर्ण - कुनै पदार्थमा विकार उत्पन्न गराउने देष आर्जन - आम्दानी व्यापक :- व्यापक ३. दिइएको अनुच्छेद पढ्नुहोस् र अनुच्छेदबाट अनुकरणात्मक शब्द पहिचान गर्नुहोस् : चन्द्रराम गजक्क परेर बसेका बेला कुन्नि कसले प्याट्ट हिकाएछ। चन्द्रराम धुरुधुरु उन थालेछन् । उनी रोएको उनका छोराले दलदल हेरेछन्। ठुलो छोरो हर्कबहादुर फटाफट पुलिस चौकी गएछन् । स्यास्या गर्दे हर्कबहादुर आएको देखेर हर्कबहादुरसंग पुलिस गुरुरु दौडिदै चन्दुरामकहाँ पुगेछन् । उत्तर : गजक्क, प्याट, धुरुधुन, टुलुटुलु, गुरुरु, स्याँस्याँ । ४. 'शत्रु' कथाको कृष्ण राय जुरमुरिदै शत्रु हुन सक्छ अंशको उपयुक्त ठाउँमा अनुकरणात्मक शब्द राखी पुनर्लेखन गर्नुहोस् । उत्तर : कृष्ण राय जुरमुरिँदै जरुक्क उठे, तबसम्म आक्रमणकारी फुत्तै भागिसकेको थियो । "मलाई कसल...