Posts

Showing posts from May, 2024

UNIT 1: उज्यालो यात्रा

शब्दभण्डार : (Shabdabhandar) १. दिइएका अर्थ आउने शब्द 'उज्यालो यात्रा' कविताबाट खोजेर लेख्नुहोस् : (क) मनमा उत्पन्न हुने भाव वा विचार : भावना (ख) श्रीखण्ड घोटेर बनाइएको लेप : चन्दन (ग) गौरवले भरिएको : सगौरव (घ) आफ्नो स्वामित्व वा अधिकार छोड्ने काम : त्याग (ङ) सबैभन्दा उच्च वा अग्लो : सर्वोच्च २. दिइएको अनुच्छेदबाट दुई जोडी पर्यायवाची शब्द पहिचान गर्नुहोस् : गाई मानिसले पाल्ने घरपालुवा जनावर हो । यो चौपाया वर्गभित्र पर्छ । मानवका लागि गाईको दुध निकै पोसिलो हुन्छ । शरीर स्वस्थ राख्न तागतिला कुरा खानुपर्छ । दुग्ध र दुग्धजन्य पदार्थ विक्री गरेर मान्छेले आर्थिक उपार्जन पनि गर्छन् । गाईपालनलाई व्यवसायका रूपमा प्रयोग गरेर धेरै आम्दानी गर्न सकिन्छ । जनावर - चौपाया पोसिलो - तागतिला उपार्जन - आम्दानी ३. दिइएका शब्दको पर्यायवाची शब्द लेख्नुहोस् । प्रेम - माया शक्ति - तागत धर्ती - धरणी कर्म - काम जिन्दगी - जीवन शिर - टाउको राम्रो - सुन्दर महान् - उच्च हावा - पवन आकाश - नभ नयन - आँखा ४. 'उज्यालो यात्रा' कविताबाट खोजेर तल दिइएका शब्दको विपरीतार्थी शब्द लेख्न...