यातायातको महत्त्व बारे निबन्ध

 


विकासका पूर्वाधारहरूमध्ये यातायात पनि एक हो । तर हाम्रा ग्रामीण क्षेत्रहरू

यातायातको प्रतीक्षामा मात्र छन् । हाम्रा गाउँहरूको प्राकृतिक जीवनशैली, कृषि

व्यवसाय र परिश्रमको महत्त्व प्रशंसनीय छ। तर यति मात्र हाम्रो जीवन होइन ।

गाउँलाई आत्मनिर्भर बनाउन, उनीहरूको उत्पादनलाई बिक्री गर्न, आवश्यक

वस्तुहरूको आयातनिर्यात गर्न र ग्रामीण पर्यटनको गजलाई उठाउन यातायातलाई

पहिलो आवश्यकता मानिन्छ । पहाडी सौन्दर्यको बखान गरेर मात्र पुग्दैन, पहाडलाई

विकासका दृष्टिले पनि हेर्नुपर्छ। तराई, पहाड र हिमालका गाउँहरू अनेक सुन्दर, शान्त

र विशालको कल्पनामा रङ्गिनु मात्र विकासका अनेक कीर्तिमान कायम गर्नु होइन ।

गाउँको निरीहतालाई अल्झोमा राखेर ग्रामीण मुक्ति र समृद्धि सम्भव छैन । त्यसैले

ग्रामीण यातायात सम्बन्धी छुट्टै नीति अवलम्बन गर्नुपर्छ । गाउँको आधारभूत

आवश्यकता पूरा गर्न पनि यातायातलाई उपेक्षा गर्न सकिँदैन ।

विकास र विनाशको दोसाँधमा उभिएका गाउँहरूलाई त्राण चाहिएको छ, प्राण

चाहिएको छ अनि विकासको दिगो प्रमाण चाहिएको छ । प्राकृतिक प्रेमको गुणगान

गाएर मात्र हुँदैन, त्यहाँका भोका पेट, नाङ्गा शरीर र आश्रयविहिन जीवनशैलीमा पनि

आमूल परिवर्तन ल्याउने खालको गुरुयोजना बनाउनु पर्छ । मेची-महाकालीका सस्ता

नाराहरू घन्काउँदै फोस्रा आश्वासन बाँड्नु र आक्रोश पोख्ने भाँडाका रूपमा मात्र

गाउँलाई हेर्नु अन्धाले हात्तीको परिभाषा गरेजस्तै मात्र हो । गाउँलाई शक्ति, सम्पत्ति र

इज्जतले सुसज्जित गराउन यातायातले सम्बन्ध सेतुका रूपमा काम गर्छ । यातायातको

अधिकतम् विकासले गाउँको विकासलाई अमीट प्रभाव पार्छ । दुःखको गीत गाएर

मात्र हुँदैन, सुखका सम्भावनाहरू पनि खोज्न सक्नुपर्छ भन्ने मान्यतालाई यातायातको

विकासले थप टेवा पुयाउँछ ।

हरियाली सडक त वातावरणीय दृष्टिले झन् महत्त्त्वपूर्ण हुन्छ। सबै गाउँमा सडक

यातायात मुख्य मानिए पनि जल यातायात, हवाई यातायात, रज्जुमार्ग/केबुलकार

आदिलाई पनि यातायातका महत्त्वपूर्ण सहयोग साधन-स्रोतहरूका रूपमा विकास

गर्न सकिन्छ। यो चाहना र आवश्यकता दुबै हो । गाउँको अनुहार फेर्न यातायातलाई

जीवनको अभिन्न अङ्गका रूपमा हेरिने भएकाले गाउँ बिउँझाउने, उठाउने र

विकासको बाटोमा हिँडाउने आधार तत्त्वको रूपमा यातायातले नेतृत्वदायी भूमिका

खेल्छ । गाउँ-गाउँबिचको सम्ब्ध बलियो बनाउन, गाउँ र सहरबिच आत्मीयता

बढाउन, गाउँको प्रचार-प्रसार गर्न र राष्ट्रिय-अन्तर्राष्ट्रिय क्षेत्रको सम्बन्ध गाढा बनाउन

यातायातले मुटुको काम गर्छ।

सभ्यता र सत्यतालाई चिरञ्जीवी बनाउने अभियानमा यातायात उल्लेख्य

मानिन्छ । ग्रामीण कष्टहरूलाई नष्ट गर्न यातायातले सघाउँछ । गाउँमा शान्ति र

समृद्धि बढाउन तथा देशको ग्रामीण अर्थतन्त्रलाई उठाउन यसले तानने र ठेल्ने दुबै

काम र्गछ । यसर्थ ग्रामीण विकास र यातायातलाई परिपूरक मानिन्छ । त्यसैले त

ग्रामीण विकासलाई गतिशील बनाउने मूल आधार भनेकै यातायात हो भन्ने तथ्य प्रष्ट

छ।





Comments

Popular posts from this blog

UNIT 1: उज्यालो यात्रा

UNIT 6:अधिकार ठूलो कि कर्तव्य ठूलो

UNIT 2: घर झगडा