विद्यार्थी जीवनबारेमा निबन्ध

 



विद्यार्थी भन्नाले विद्यालय तथा विश्वविद्यालयमा गएर औपचारिक रूपमा

अध्ययन कार्यमा लाग्ने मानिसलाई जनाइन्छ । विद्यालय जान थालेका चार पाँच वर्षको बालबालिका देखि विश्वविद्यालयका विद्यार्थी समेत विद्यार्थीको समूहमा पर्दछन् ।

विद्यार्थी जीवन महत्वपूर्ण समय हो । यो ज्ञानआर्जनको समय हो । यदि हामीले यो

जीवनमा विद्यार्थी जीवनमा धेरै ज्ञान आर्जन गरेमा हाम्रो जीवन सुखी बन्न सक्छ ।

विद्यार्थी जीवनमा पाएको उपलब्धिले नै हाम्रो भविष्य राम्रो हुन्छ । जब कुनै

विश्वविद्यालयबाट पढ्न सुरू गरेर विभिन्न कलेज हुँदै विश्वविद्यालयमा पुगेर आफ्नो

विद्यार्थी जीवन पूरा गर्छ। विद्यार्थी जीवन मानिसको जीवनको सबैभन्दा महत्वपूर्ण समय हो । एउटा विद्यार्थीले अहिलेको समयको सदुपयोग गरेर नै भविष्यमा महान् व्यक्ति बन्न सक्छ।

विद्यार्थी आफूले पाएको ज्ञानबाट सन्तुष्ट हुनुहुँदैन । विद्यार्थी मेहनती र जिज्ञासु

प्रकृतिको हुनुपर्छ । जुन विद्यार्थी अनुशासनको पालना गर्छ । जसले समयको पालना गर्छन्, जुन विद्यार्थी नियमित विद्यालय जान्छन्, जुन विद्यार्थी आफ्ना अभिभावक तथा अग्रजको निर्देशन मान्छन् ती विद्यार्थी नै असल विद्यार्थी हुन् ।

संसारमा भएका सम्पूर्ण व्यक्तिले विद्यार्थी बन्ने सौभाग्य प्राप्त गर्न सक्दैनन् । हाम्रो

देशमा पनि घरायसी कारण, आर्थिक स्थिति, भौगोलिक कारण आदिका कारणले

बालबालिकाहरू विद्यालय जानबाट बञ्चित भएका छन् । विद्यार्थी भनेका भविष्यका

कर्णधार हुन् । आज विद्यालय तथा विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थी नै

भविष्यका राष्ट्रपति, प्रधानमन्त्री, वैज्ञानिक, डाक्टर, इन्जिनियर, शिक्षक आदि हुन् ।

विद्यार्थीको प्रमुख लक्ष्य नै राम्रोसँग अध्ययन गर्नु हो। एउटा असल विद्यार्थी हुनका

लागि मिलनसार नम्र र अनुशासित बन्नुपर्छ । कक्षामा ध्यान दिएर सुन्नुका साथै

कक्षाकार्य र गृहकार्य गर्नुपर्छ । मिहिनेत गर्ने बानी बसाल्नुपर्छ । जसले गर्दा एउटा

विद्यार्थी आफ्नो लक्ष्यमा पुग्न सफल हुन्छ।




Comments

Popular posts from this blog

UNIT 1: उज्यालो यात्रा

UNIT 6:अधिकार ठूलो कि कर्तव्य ठूलो

UNIT 2: घर झगडा