शब्दभण्डार : Shabdabhandar १. दिइएका शब्दको अर्थ लेख्नुहोस् : कला, श्रम, सितो, आलस्य, रहस्य, सम्पदा, चोखो, स्वर्ग कला - कुनै काम राम्रोसँग गर्ने सिप श्रम - कुनै कामका निम्तिको मानवीय चेष्टा सितो - पाकेको चामलको दानो आलस्य - काम गर्ने जाँगर नभएको अवस्था रहस्य - भित्री आशय सम्पदा - प्राकृतिक देन चोखो - शुद्ध, पवित्र स्वर्ग - सुन्दर ठाउँ २. 'नेपाली हाम्रो श्रम र सिप' कविताबाट पाँच जोडी लय मिल्दा शब्द पहिचान गरी लेख्नुहोस् । बाँच्ने छ: साँच्ने छ नखाए : नलाए गाएको : पाएको सखार : हजार बगाऊँ : लगाऊँ । ३. दिइएको अनुच्छेदबाट समान संरचनायुक्त शब्द पहिचान गरी अर्थ पहिल्याउनुहोस् : हाम्रो विद्यालयका १० कक्षाका सारा विद्यार्थी बस चढेर बारा घुम्न हिँड्यौं । वर्षायाम थियो । वेगसँग मेघ गर्यो । रातो माटो र चिप्लो बाटो थियो । बाटामा बस गुड्डु गुड्दै थियो । पानी दरर दकँदै थियो । बरर असिना बर्सदै थियो । हाम्रो बस टक्क अडियो । बसबाट सट्ट झरियो । हामीले कुन ठाउँ हो भन्ने भेउ नपाए पनि एउटा होटलको छेउमा बस रोकिएको रहेछ । हामी गएपछि होटल खचाखच भयो । केहीलाई होटलका बुढामान्छेले मुढा ...
Comments
Post a Comment