UNIT 15: गाउँमा एक कविता
शब्दभण्डार :
१. दिइएका शब्द र तिनका अर्थबिच जोडा मिलाउनुहोस्:
दुवाली : माछा मार्न वा जाल थाप्न बनाइएको खोलाको साँघुरो मुहानमा गाडिने छेका वा बार
भाकल : आफ्नो इच्छा सिद्ध होस् भनेर गरिने पूजा घोषणापत्र : उद्देश्यप्रति सत्यता वा वचनबद्धता घोषित गर्ने पत्र विशेष
दन्त्यकथा : लोकले युगौदेखि संरक्षित गर्दै आएका कथा
२. दिइएको अनुच्छेदबाट युग्म (युगल) शब्द पहिचान गरी लेख्नुहोस् :
आपत्विपत्, छिटोछरितो, गाउँठाउँ, सहरबजार, सानोतिनो, एकआपस, एकअर्का, चाडवाड, मेलापर्व, भेटघाट, मेलमिलाप
३. दिइएका युग्म शब्द (युगल) प्रयोग गरी एउटा अनुच्छेद लेख्नुहोस् :
- गाह्रोसाह्रो परेका बखत पनि हाँसखेल गरेर जीवन जिउने कला नेपालीसँग मात्र छ । बिहानै पानीपँधेरो गएर नुहाइधुवाइ गर्ने प्रचलन ग्रामीण भेगमा अझै पनि छ । सफासुग्घर बन्ने, साथीसङ्गी भनेपछि हुरुक्क हुने हामी कुराकानी गर्न पनि माहिर छौं । हित्तहित्त मिलेपछि सोचविचार बिस्तारै मिल्छ भन्ने हामी सोच्दछौं ।
४. दिइएका शब्दलाई वाक्यमा प्रयोग गर्नुहोस् :
कनिका : मलाई कनिकाको भात एकदमै मन पर्छ ।
मेलापात : मलाई गाउँघरमा मेलापात जान निकै मन पर्छ।
कोदालो : कोदालोले मकै गोड्दा निकै मज्जा आउँछ ।
अगेनो : अगेनोमा आगो ताप्दै जियान्सले मोबाइलमा गेम खेल्यो ।
भकारो : गाईवस्तुको भकारो सोहोर्न सहर बजारका केटाकेटी घिनाउँछन् ।
अनौ : हलीले खेतबारी जोत्दा हलोको अनौ क्या मज्जाले समातेर घुमाउँछन् ।
जाँतो : जाँतोमा मकै पिनेर हजुरआमाले च्याख्लाको भात पकाउनुभयो ।
गोठ : गोठमा गाईबस्तु भोकले कराइरहेका छन् ।
बोध र अभिव्यक्ति :
१. दिइएका शब्दको शुद्ध उच्चारण गर्नुहोस् :
- आङ, अङ्गुर, पिठिउँ, गुनासो, अर्जाप्नु, उब्जाउ, अन्दाज
२. 'गाउँमाथि एउटा कविता' कवितालाई गति, यति मिलाई लयवाचन गर्नुहोस् ।
- यसको उत्तर लेखिरहनु परेन ।
३. दिइएका प्रश्नको उत्तर भन्नुहोस् :
(क) 'गाउँमाथि एउटा कविता' कविताबाट तीन जोडी अन्त्यानुप्रास मिलेका शब्द पहिचान गरी भन्नुहोस् ।
- यता-उता, बसाउनुपर्छ नचाउनुपर्छ, दलबिरेको-हिरेको।
(ख) कविताको सबैभन्दा छोटो पङ्क्ति कति अक्षरले बनेको छ ? भन्नुहोस् ।
- कविताको सबैभन्दा छोटो पङ्क्ति एक शब्द (घरभित्र) ले बनेको छ ।
(ग) कवितामा 'सगरमाथालाई काँधमा बोकेर उभिएको' भन्ने सन्दर्भअगि र पछि कुन कुन प्रसङ्ग आएका छन् ?
- कवितामा 'सगरमाथालाई काँधमा बोकेर उभिएको' भन्ने सन्दर्भअगि अन्तरिक्ष यानको गतिविधिसम्बन्धी र पछि नागरिकताको प्रमाणपत्र बाँड्नेसम्बन्धी प्रसङ्ग आएका छन् ।
(घ) 'दन्त्यकथा यिनीहरुलाई' यो कथनभन्दा अगिको सन्दर्भ के हो ?
- 'दन्त्यकथा यिनीहरूलाई' यो कथनभन्दा अगिको सन्दर्भ चुनावका घोषणापत्रहरू सन्दर्भ हो ।
४. 'गाउँमाथि एउटा कविता' कविताका हरफलाई व्याकरणिक पदक्रममा रूपान्तरण गर्नुहोस् :
(क) फेरि कुन देशको कल्पना गरेर छापिरहनुभएको छ तपाईं
- तपाईं फेरि कुन देशको कल्पना गरेर छापिरहनु भएको छ ?
(ख) विज्ञानको पनि बेग्लै ढङ्ङ्ग छ गाउँमा
- गाउँमा विज्ञानको पनि बेग्लै ढड्ङ्ग छ ।
(ग) न चुनावले रोक्छ यसलाई
- यसलाई चुनावले न रोक्छ ।
(घ) एउटै इनार छ सम्पूर्ण गाउँमा
- सम्पूर्ण गाउँमा एउटै इनार छ ।
(ङ) निस्कन तयार छे जो कुनै पनि आमा
- जो कुनै पनि आमा निस्कन तयार छे ।
(च) सिँगान पुछ्ने कागजभन्दा बढी कामयाब हुन सक्तैन यो यिनीहरूलाई
- यिनीहरूलाई यो सिँगान पुछ्ने कागजभन्दा बढी कामयाब हुन सक्तैन ।
(छ) दन्त्यकथाकै सिलसिला जोड्नुभन्दा बढी केही अर्थ छैन यसको पनि यिनीहरूलाई
- यिनीहरूलाईयसको पनि दन्त्यकथाकै सिलसिला जोड्नुभन्दा बढी केही अर्थ छैन ।
५. दिइएको कवितांश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
(क) गाउँका मानिसले कस्तो पेसा व्यवसाय अपनाएका छन् ?
- नेपालमा पूर्वदेखि पश्चिमसम्म थुप्रै ग्रामीण भूभाग रहेका छन् । ग्रामीण भूभागमा बसोबास गर्ने मानिसहरू खेतीपातीको काम गर्छन् । त्यस्तै उनीहरू वस्तुभाउ पनि पाल्ने काम गर्छन् । यसरी गाउँका मानिसले कृषि पेसा व्यवसाय अपनाएका छन् ।
(ख) कवितांशमा केटाकेटी र तन्नेरीले के के काम गर्ने उल्लेख छ ?
- कवितांशमा केटाकेटीले गोठमा वस्तुभाउलाई घाँसपात हाल्ने र तन्नेरीले गोरु नार्ने काम गर्ने उल्लेख छ ।
६. दिइएका प्रश्नको उत्तर लेख्नुहोस् :
(क) 'गाउँमाथि एउटा कविता' कविताले समेटेको मुख्य विषयवस्तु के हो ?
- दिनेश अधिकारी (वि.सं. २०१६) द्वारा रचित 'गाउँमाथि एउटा कविता' गद्य शैलीमा संरचित नेपालका ग्रामीण भेगको जनजीवन र समस्यामा केन्द्रित सामाजिक विषयवस्तुमा आधारित कविता हो । कविले शब्दचित्रका माध्यमबाट कवितामा ग्रामीण क्षेत्रको जीवनशैलीलाई सरल र प्रभावकारी ढङ्गबाट प्रस्तुत गरेका छन् । यसका साथै कविले यस कवितामा ग्रामीण क्षेत्रका समस्यालाई पनि विषयवस्तु बनाएका छन् । कवितामा ग्रामीण भेगका समस्यालाई प्राथमिकता नदिने सम्पादकलाई र चुनावका समयमा मात्र गाउँ आउने अरू वेला सहरमा मात्र केन्द्रित हुने राजनीतिक दललाई समेत सजग गराउने विषयवस्तु समेटिएको छ । यसरी यस कवितामा गाउँले जनजीवन, त्यहाँका समस्या, समस्या उजागर नगर्ने पत्रकारिता र चुनावका समयमा मात्र गाउँ जाने राजनीतिक दल र तिनका नेतालाई मुख्य विषयवस्तु बनाइएको छ ।
- यस कवितामा कविले नेपालका ग्रामीण क्षेत्रको यथार्थ चित्र उतार्दै त्यहाँका समस्या केलाएका छन् । समस्या उजागर नगर्ने सम्पादकलाई समेत कविताले सचेत गराएको छ । गाउँलाई महत्त्व नदिने र गाउँको विकासमा ध्यान दिन नसक्ने राजनीतिक दलका चुनावी घोषणापत्र ग्रामीण जनताका लागि सिँगान पुछ्ने कागजभन्दा बढी कामयाब हुन नसक्ने कविले स्पष्ट पारेका छन् । यस कवितामार्फतबाट कविले नेपाल र नेपाली भनी विश्वमा चिनाउने नेपालका ग्रामीण भेग भएकाले यस क्षेत्रको विकास नभएसम्म नेपालको विकास नहुने सन्देश प्रवाह गरेका छन् ।
(ग) कविताले सम्पादकलाई कसरी सचेत गराएको छ ?
- नेपालका पत्रपत्रिकाका सम्पादकहरूले बम वर्षाका खबर, बालिग मताधिकारका कुरा, साहित्यिक आन्दोलनका इतिहास र अन्तरिक्ष यानका गतिविधि जस्ता कुरालाई उच्च प्राथमिकता दिएर खबर छापेका हुन्छन् । कवि कवितामा सम्पादकलाई सम्बोधन गर्दै कुन देशको कल्पना गरेर यस्ता खबर छाप्नुहुन्छ भनी प्रश्न गर्छन् । सबैले गर्व गर्ने सगरमाथालाई काँधमा बोकेर उभिएको गाउँ, नागरिकताको प्रमाणपत्र बाँड्नै देशको जन्मदाता गाउँ भने खुट्टा खोच्याएर हिँडिरहेको छ, अझै निदाइरहेको छ । चुनावी घोषणापत्र गाउँलेका लागि सिँगान पुछ्ने कागज मात्र भएको र अन्तरिक्ष यानका गतिविधि दन्त्यकथा जस्तै हुने भन्दै कविताले सम्पादकलाई सचेत गराएको छ ।
(घ) कवितामा व्यक्त भएको मूलभाव लेख्नुहोस् ।
- नेपाली साहित्यका प्रसिद्ध कवि तथा गीतकार दिनेश अधिकारी (वि.सं. २०१६) द्वारा रचित 'गाउँमाथि एउटा कविता' कवितामा कविले नेपालका ग्रामीण भेगहरूको यथार्थ चित्रण गर्दै राष्ट्रिय चेत जागृत गर्ने मूलभाव अभिव्यक्त गरेका छन् । नेपालका ग्रामीण क्षेत्रहरूको वास्तविक चित्र उतार्दै कविले नेपालको पहिचानका रूपमा रहेको ग्रामीण क्षेत्रहरूको विकास नभएसम्म देशको उन्नति नहुने राष्ट्रिय चेतनाको भाव कवितामा अभिव्यक्त गरेका छन् । कवितामा कविले सम्पादकलाई पनि पत्रकारिता गर्ने भए ग्रामीण क्षेत्रका खबरहरू प्राथमिकताका साथ छाप्न र ग्रामीण भेगका समस्या उजागर गर्न आग्रह गरेका छन् । राजनीतिक दलले ग्रामीण भेगका समस्यालाई समेटी घोषणापत्र बनाई कार्यान्वयन गर्नुपर्ने मूलभाव कवितामा व्यक्त भएको छ ।
७. व्याख्या गर्नुहोस् :
(क) तपाईंले गर्व गर्ने सगरमाथालाई काँधमा बोकेर उभिएको यो गाउँ !
- प्रस्तुत कवितांश 'गाउँमाथि एउटा कविता' शीर्षकको कविताबाट साभार गरिएको हो । यस कविताका लेखक कवि दिनेश अधिकारी (वि.सं. २०१६) हुन् । उनी नेपाली साहित्यका प्रसिद्ध कवि तथा गीतकार हुन् । कवितामा सम्पादकलाई सचेत बनाउने क्रममा माथिको हरफ आएको छ ।
नेपालका अधिकांश क्षेत्र गाउँले भरिएको छ । गाउँलेहरू इमानदार र मिहिनेती रहेका छन् । गाउँमा धेरै समस्याहरू रहेका छन् । गाउँलेहरू ती सबै समस्यासँग जुधेर आफ्नो जीवन व्यतीत गरिरहेका छन् तर सम्पादक भने बम वर्षाका खबर, बालिग मताधिकारका कुराहरू, साहित्यिक आन्दोलनका इतिहासहरू र अन्तरिक्ष यानका गतिविधिहरूलाई उच्च प्राथमिकता दिएर खबर सम्प्रेषण गरिरहेका छन् । कवि सम्पादकलाई कुन देशको कल्पना गरेर यस्ता खबर छापिरहनुभएको छ भनी प्रश्न गर्दछन् । कवि सम्पादकलाई तपाईंले गर्व गर्ने सगरमाथालाई काँधमा बोकेर यो गाउँ उभिएको छ भन्दै सचेत गराउँछन् । त्यस्तै कवि सम्पादकलाई तपाईंलाई नागरिकताको प्रमाणपत्र बाँड्ने देशको जन्मदाता पनि यही गाउँ भएको बताउँछन् । यसप्रकार गद्यशैलीमा संरचित माथिको कवितांशले सरल र प्रभावकारी ढङ्गबाट सम्पादकलाई सचेत बनाएको छ । यसका साथै नेपालको जन्मदाताका रूपमा रहेको ग्रामीण क्षेत्रका समस्यालाई उजागर गरी समाचार सम्प्रेषण गर्न सम्पादकलाई आग्रहसमेत गरिएको छ ।
(ख) जहाँको चपरी त्यहींको दुवाली मरेर के लानु छ ... ।
- प्रस्तुत कवितांश 'गाउँमाथि एउटा कविता' शीर्षकको कविताबाट साभार गरिएको हो । यस कविताका लेखक कवि दिनेश अधिकारी (वि.सं. २०१६) हुन् । उनी नेपाली साहित्यका प्रसिद्ध कवि तथा गीतकार हुन् । कवितामा गाउँले जनजीवनको चर्चा गर्ने सन्दर्भमा माथिको हरफ आएको छ ।
चपरी जहाँको हुन्छ दुवाली पनि त्यहींको हुन्छ । जन्मेपछि मर्नुपर्छ । मरेर गएपछि साथमा कसैले केही पनि लैजादैन । यो कुरा गाउँलाई राम्रोसँग थाहाँ छ । त्यसैले उनीहरू गाउँभरिका लागि एउटै इनार भए पनि पानीका लागि कहिल्यै झगडा गर्दैनन् । पानी खान नपाएको गुनासो पनि कसैले गर्दैनन्। काखको नानीलाई पिठिउँमा बाँधेर एउटी आमासमेत मेलापात जान्छिन् । आफ्नै सन्तान पनि भार हन सक्छ भन्ने उसलाई थाहा छैन । उसलाई र सबै गाउँलेलाई काम गर्ने तरिका र शैली मात्र थाहा भएको कुरा कॅविले स्पष्ट पारेका छन् । यसप्रकार गद्यशैलीमा संरचित माथिको कवितांशमा गाउँलेहरूको इमानदारिता र मिहिनेतको चर्चा गरिएको छ । यसका साथै आपसमा झगडा गरेर होइन मिलेर बाँच्नुपर्छ, एकदिन सबै मर्छन्, मरेर कसैले केही पनि लाँदैन भन्ने सन्देशसमेत दिएको छ ।
८. 'गाउँमाथि एउटा कविता' कविताका आधारमा ग्रामीण परिवेशबारे साथीबिच छलफल गरी निष्कर्ष लेख्रुहोस् ।
- 'गाउँमाथि एउटा कविता' ग्रामीण परिवेशमा आधारित कविता हो । कवितामा कवि दिनेश अधिकारीले नेपालका ग्रामीण क्षेत्रको जनजीवनको यथार्थ चित्र उतारेका छन् । कवितामा कविले नेपालका सुदूर पूर्वदेखि सुदूर पश्चिमसम्मको गाउँ समेटेका छन् । गाउँका बस्तीहरू पातला हने र र कतै कतै भने बाक्ला बस्ती पनि पाइने करा कवितामा उल्लेख गरिएको छ । त्यस्तै गाउँका घरहरूमा पराल, ढुङ्गा आदिको छानो लगाइएको हुन्छ । गाउँलेहरू अन्धविश्वासलाई पनि विश्वास मानेर बसिरहेका हुन्छन् । गाउँलेहरुको दैनिकी छिमेकीको अगेनाबाट आगो ओसारेर सुरु हुन्छ । गाउँलेहरू दिनभरि काममा व्यस्त रहँन्छन् । आफ्नो काम, अरूको पर्म जाने काम, रमाइलो गर्ने, उपचारका लागि धामी बसाउने लगायतका सबै काम गर्न उनीहरू व्यस्त रहन्छन् । उनीहरूको दैनिकीलाई चुनाव तथा चाडपर्वले पनि रोक्दैन । त्यस्तै कवितामा जाँतो, ढिकी जस्ता स्थानीय ग्रामीण प्रविधिको परिवेश पनि चर्चा गरिएको छ ।
९. 'गाउँमाथि एउटा कविता' कविताको आधार लिई गाउँघरको जीवनस्तर माथि उठाउन कसरी सम्भव होला ? कल्पना गरी लेख्रुहोस् ।
- ग्रामीण भेगका मानिसहरू अन्धविश्वासलाई विश्वास मानेर जीवन बिताइरहेका हुन्छन् । तसर्थ उनीहरूमा चेतना जागृत गर्नुपर्ने देखिन्छ । यसका लागि गुणस्तरीय र व्यावहारिक शिक्षाको व्यवस्था गर्नुपर्छ । बिरामी हुँदा धामीझाँक्रीको भर पर्नुपर्छ । गाउँघरमा नै सुविधा सम्पन्न अस्पतालको व्यवस्था मिलाउनुपर्छ । गाउँघरमा अझै पनि परम्परागत किसिमले खेतीपाती गरिने हुँदा आधुनिक र व्यावसायिक खेतीको प्रबन्ध प्रबन्ध मिलाउनुपर्छ । यसका साथै सिँचाइको पनि व्यवस्था गर्नुपर्छ । त्यस्तै गाउँघरमा खानेपानी र सञ्चारको व्यवस्था मिलाउनुपर्छ । चुन । चुनाव जितेपछि सहर केन्द्रित हुने राजनीतिको अन्त्य गर्दै चुनावी घोषणापत्र ग्रामीण क्षेत्रको विकासका लागि साथैक बन्न सक्नुपर्छ । सम्पादकहरूले पाँने समाचार सम्प्रेषण गर्दा ग्रामीण क्षेत्रका समस्यालाई प्राथमिकताका साथ छाप्नुपर्छ । यसरी इमानदारिताका साथ काम गरेमा गाउँघरको जीवनस्तर माथि उठाउन सम्भव हुन्छ ।
१०. आगामी पाँच वर्षपछि तपाईंको गाउँ वा टोलमा के के परिवर्तन आउलान् ? अनुमान गरी लेखुहोस् ।
- नेपालका अधिकांश गाउँको अवस्था अझै पनि कवितामा भनेअनुसारको रहेको छ । मेरो गाउँमा शिक्षा, स्वास्थ्य, खानेपानीको अभाव रहेको छ । सिँचाइको व्यवस्था छैन, परम्परागत कृषि प्रणालीबाट खेती गरिन्छ । चुनाव जितेपछि नेता गाउँमा भेटिँदैनन् । अधिकांश युवा रोजगारी र शिक्षाका नाममा सहर केन्द्रित भएका छन्, विदेसिएका छन् । जनतामा विस्तारै चेतना जागृत हुँदै गएकाले केही सकारात्मक परिवर्तन पनि देखा पर्न थालेका छन् । सामुदायिक शिक्षाप्रति चासो बढ्दै गएको छ । आगामी पाँच वर्षपछि सामुदायिक शिक्षा गुणस्तरीय बनेको हुने छ । खानेपानीको व्यवस्था हुँदै गरेकाले पाँच वर्षपछि सबैका घरमा धारा जडान भएको हने छ । बाटोघाटोको स्तर उन्नति भएको हुने छ भने सिँचाइको पनि व्यवस्था गरिएको हुने छ । तसर्थ आगामी पाँच वर्षपछि मेरो गाउँ विकासको बाटोतर्फ लम्केको हुने छ ।
११. दिइएको अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
(क) प्रश्नहरु
(अ) सदाचारलाई किन परम धर्म भनिएको हो ?
- मानिसलाई नैतिकताको मार्गमा अग्रसर गराउने र असत् विचारलाई नियन्त्रण गर्ने भएकाले सदाचारलाई परम धर्म भनिएको हो ।
(आ) सदाचारका नियम सूची बनाउनुहोस ।
- सदाचारका नियम :-
- सत्य र मधुर वचन पेसाप्रति निष्ठावान् । ठुलालाई आदर र सानालाई माया - अरूको भलाइ आफ्नो कर्म र
(इ) सदाचारका लागि शरीर र मन कस्तो हुनुपर्छ ?
- सदाचारका लागि शरीर र मन पवित्र हुनुपर्छ ।
(ई) विद्यार्थीका पञ्च लक्षण के के हुन् ?
- विद्यार्थीका पञ्च लक्षण चनाखोपन, एकाग्रता, सचेत निद्रा, थोरै भोजन र पढ्नका लागि घरभन्दा टाढा रहने हुन् ।
(ख) भाषिक संरचना र वर्णविन्यास पहिचान गर्नुहोस् ।
(अ) अनुच्छेदको पहिलो वाक्यलाई आलङ्कारिक पदक्रममा बदल्नुहोस् ।
- शुद्ध आचार वा सदाचारलाई हरेक धर्मले परम धर्म मानेको पाइन्छ ।
(आ) अनुच्छेदको अन्तिम वाक्यलाई दुईओटा वाक्यमा टुक्रयाउनुहोस् ।
- यसको आशय विद्यार्थीले पढाइमा एकचित्त भएर पढ्नु नै उसको असल लक्षण हो । विद्यार्थीले पढाइमा एकचित्त भएर लाग्नुपर्छ । विद्यार्थीको असल लक्षण पढ्नु हो ।
(इ) अनुच्छेदबाट पञ्चम वर्ण प्रयोग भएका दुईओटा शब्द लेख्रुहोस् ।
- सङ्गत, तुरुन्तै ।
भाषिक संरचना र वर्णविन्यास
१. दिइएको अनुच्छेदबाट व्याकरणिक र आलङ्कारिक पदक्रम भएका वाक्य छट्याएर लेख्रुहोस् :
व्याकरणिक पदक्रम :- श्रीमतीले ढिकीच्याउँको कुरा नभनेको भए पनि हुन्थ्यो । रने नरिसाएको भए पनि हुन्थ्यो । रनेले ढिकीच्याउँ किरालाई नमारेको भए पनि हुन्थ्यो ।
आलङ्कारिक पदक्रम :- काला बादलले नपाएको दुख पाउने गरी फस्यो रने नराम्रोसँग । नखाएको विष लाग्यो धनेका जिन्दगीमा । कोही पनि नपरोस् यस्तो परिबन्दमा बरै !
२. दिइएको पदक्रमलाई आलङ्कारिक पदक्रममा बदल्नुहोस् :
- परेवाको हुलनिर पुग्यो बालक । भुरुर्र उडे सेता परेवा । भुरुर्र उड्न खोज्यो सेता परेवासँग बालक पनि । परको रुखमा गएर बसें परेवा । हेर्यो बालकले परेवालाई । परेवा कराए माकरघर गरी बाइ बाइ भने होलान् परेवाले बालकलाई । परेवालाई बोलाएको इसारा गर्यो बालकले हात उठाएर । भोलि आउँला है भने परेवाले ।
३. 'गाउँमाथि एउटा कविता' कविताबाट कुनै तीनओटा आलङ्कारिक पदक्रमका वाक्य टिपी तिनलाई व्याकरणिक पदक्रममा रूपान्तरण गर्नुहोस् ।
- 'गाउँमाथि एउटा कविता' कविताबाट कुनै तीनओटा आलङ्कारिक पदक्रमका वाक्य : के गर्नु चुनावका घोषणापत्रहरू ? के पढ्नु अन्तरिक्ष यानका गतिविधिहरु ? दन्त्यकथाकै सिलसिला जोड्नुभन्दा बढी केही अर्थ छैन यसको पनि यिनीहरूलाई । व्याकरणिक पदक्रममा बदल्दा : अन्तरिक्ष यानका गतिविधिहरू के पढ्नु ? चुनावका घोषणापत्रहरू के गर्नु ? यसको पनि यिनीहरूलाई दन्त्यकथाकै सिलसिला जोड्नुभन्दा बढी केही अर्थ छैन ।
४. दिइएको उदाहरणलाई आधार मानी ङ, ञ, ण, न, म जस्ता पञ्चम वर्ण र शिरबिन्दु प्रयोग भएका चार चारओटा शब्द लेखुहोस् र तिनको 'शुद्ध उच्चारण गर्नुहोस् :
(क) क, ख, ग, घ वर्णको अगि ङ आउने शब्द, जस्तै: मङ्गल, जङ्गल, अङ्ग, गङ्गा, खङ्कट
(ख) च, छ, ज, झ वर्णको अगि ञ आउने शब्द, जस्तै : व्यञ्जन, पञ्च, पञ्चायत, पञ्चम, पञ्चमी
(ग) ट, ठ, ड, ढ वर्णको अगि ण आउने शब्द, जस्तै: पण्डित, कण्ठ, कण्टक, काण्ड, दण्ड
(घ) त, थ, द,ध वर्णको अगि न आउने शब्द, जस्तै: सन्तोष, सन्त, सन्ताप, सन्तति, तन्ती
(ङ) प, फ, ब, भ वर्णको अगि म आउने शब्द, जस्तै: स्तम्भ, सम्भव, दम्भ, शम्भु, आरम्भ
(च) य, र, ल, व,श,ष, स, ह, ज्ञ अगि शिरबिन्दु आउने शब्द, जस्तै: संरक्षण, संयम, संलग्न, संवेग, संसद्
५. 'गाउँमाथि एउटा कविता' कविताबाट पञ्चम वर्ण प्रयोग भएका शब्द टिपोट गर्नुहोस् ।
'गाउँमाथि एउटा कविता' कविताबाट पञ्चम वर्ण प्रयोग भएका शब्द :- अङ्गुर, अन्धविश्वास, मङ्गल, ढङ्ङ्ग, सन्तान, सम्पादक ।
६. दिइएको अनुच्छेदलाई शिरबिन्दु प्रयोग भएका ठाउँमा पञ्चम वर्ण (ङ, ञ, ण, न, म) र पञ्चम वर्ण प्रयोग भएका ठाउँमा शिरबिन्दु बनाएर शुद्ध गरी पुनर्लेखन गर्नुहोस् :
- पङ्कज, शङ्कर, सञ्जय, सञ्चिता, कण्टकनाथ, पण्डित, सन्तोष, पम्फा खेलकुद प्रतियोगिताबारे छलफल गर्दै थिए । त्यसै वेला संयोग, संरचना, संलग्न, संशय, संहिता आए । उनीहरूले संवाद गर्ने थाले ।

शब्द : अर्थ
चपरी : दुबो, झार आदिसमेतको माटाको चोइलो

Comments
Post a Comment