हरियो वन नेपालको धन बारे निबन्ध
निश्चय पनि ‘ हरियो वन नेपालको धन’ हो। नेपाल विकास उन्मुख मुलुक हो तर पनि वनमा भने धनी छ। नेपालमा ठूला-ठूला जंगलहरु छन्, जंगलहरु भएकै कारणले नेपाल प्राकृतिक रूपले सुन्दर देखिएको छ। नेपालमा भएको जंगलको सदुपयोग गर्न सकेमा नेपाल धनी र नेपाली सुख हुन् सक्छन्। वनबाट हामीलाई नेपालीलाई थुप्रे फाइदाहरू छन्। बाँकी कारणले गर्दा समयमा वर्ष भई खेतीपाती हुने गर्छ। सिँचाइको लागि पनि वर्ष हुनु जरुरी छ। वनलाई प्राकृतिक बीमा भन्न सकिन्छ। किनभने बाढी र पहिरोलाई रोक्ने गर्छ। बेला-बेलामा भूक्षय भइरहने गर्छ। पर्याप्त वन भएको ठाउँमा भू-क्षय हुन सक्दैन। वनबाट अनेकौँ जडीबुटीहरू निस्कने गर्छ। वनबाट नै पशुहरूलाई घाँस प्राप्त हुन्छ। सलाई बनाउने काठ, चन्दन, रबडको लस्सा, लह, मसला, बास इत्यादि वनबाट प्राप्त हुने गर्छ। वन अध्यात्म कालदेखि नै शान्तिको पुजारी रहेको छ। ऋषि-मुनिहरू अध्यात्म शान्तिको लागि वन-जंगलमै गएर तपस्या गर्ने गरेको यथेष्ट प्रमाण धार्मिक ग्रन्थहरूमा पढ्न पाइन्छ। जंगल जंगली जनावर, पक्षीहरूको आरक्षण पनि हो। दुर्लभ जीवजन्तु वन-जंगलमा नै ...